☰ open Loading... 18 November 2024|  

बलेना टोललाई पूर्ण सरसफाई स्वच्छता उन्मुख टोल घोषणा
  | १३ चैत्र २०७८, आईतवार १८:१३

 

यामराज बिष्ट 
दैलेख- दैलेखको डुवेश्वर गाउँपालिका वडा नं -१ को बलेना टोललाई पूर्ण सरसफाई स्वच्छता उन्मुख टोल घोषणा गरिएको छ। आइतबार एक कार्यक्रमका बीच पूर्ण सरसफाई स्वच्छता उन्मुखका लागि सरसफाईका लागी सबै सूचकहरु पूरा गरेपछि ५६ घरधुरी रहेको बलेना टोललाई पूर्ण सरसफाई स्वच्छता उन्मुख टोल घोषणा गरिएको एभेष्ट क्लब दैलेखका स्थानीय ब्यक्ति दिलिप कुमार खड्काले बताए ।

 

बुलबुले स्वास्थ्य आमा समूहको डुवेश्वर गाँउपालिका वडा नं- १बलेनाको समन्वय तथा बडास्तरीय खानेपानि सरसफाइ स्वच्छता समन्वय समिति डुवेश्वर गाउँपालिका वडा नं १ को आयोजना तथा एभेष्ट क्लब दैलेख र एसएनभी नेपालको साझेदारीमा सञ्चालित समावेशी तथा दीगो ग्रामीण खानेपानी आपूर्ति सेवा परियोजनाको सहजीकरणमा बेलेना टोललाई पूर्ण सरसफाई उन्मुख टोल घोषणा गरिएको हो ।

 

कार्यक्रममा डुवेश्वर गाउँपालिका १- बेलपाटा स्वास्थ्य चौकीका प्रमुख लक्ष्मण खत्रिले पूर्ण सरसफाई उन्मुख टोल घोषणा गर्न स्वास्थ्य संस्थाको पनि महत्वपुर्ण योगदान भएको र स्वस्थ जीवन विताउन ब्यक्तिगत सरसफाईदेखि वातावरणीय सरसफाईमा ध्यान दिनु आवश्यक रहेको उनले बताए ।

एभेष्ट क्लब र सुहारा परियोजनाकी सहजकर्ता तत्ता कुमारी सुनारले फोहोरको अन्त्यले नै मानिस स्वच्छ भएर बाँच्ने भएकाले यो कार्यक्रमलाई घोषणमा मात्र सीमित नराख्न अनुरोध गरिन् ।

यस्तै एसएनभी नेपाल दैलेखका जिल्ला संयोजक रामप्रकाश सिनले नमुना टोल बनाउन सफल भएकोमा सम्पूर्ण डुवेश्वर गाँउपालिका वडा नं १ वडावासी लगायत विभिन्न संघ संस्थालाई धन्यावाद तथा शुभकामना व्यक्त गरे । उनले यो भन्दा बढी अग्रसर भएर अगाडि बढ्न सबैमा आग्रह गरे ।

कार्यक्रममा डुवेश्वर गाँउपालिकाकी उपाअध्यक्ष सीता ज्ञवालीले आज हामिले बोलेना टोललाई पुर्ण सरसफाई उन्मुख टोल घोषणा गरेका छौ ।यो कार्याक्रमलाई सफल बनाउन सअयोग गर्ने सबैलाई धन्यवाद ब्यक्त गरिन ।उनले बढी जसो सरुवा तथा महामारी जस्ता रोगको चपेटामा गरिब समुदायहरु पर्ने गरेको बताए ।

त्यस्ता महामारीबाट जोगिन बेलना टोललाई सफा र स्वच्छ टोल घोषणा गर्न सफल भएको उनले बताए ।यसका लागि सबैसँग आगमी दिनमा सबै संग समन्वय र सहकार्य गरेर जाने उनले प्रतिवद्धता व्यक्त गरे ।

 

 

यस्तै बुलबुले टोललाई नमुना टोलको रुपमा घोषणा गरेको भन्दै यो वर्षभित्रमा वडालाई नै पूर्ण सरसफाई स्वच्छतायुक्त वडा घोषाणा गरिने डुवेश्वर गाउँपालिका- १ का वडाअध्यक्ष लोग बहादुर डागीले जानकारी दिए । मानव जीवनको आवश्यकता मध्येका महत्वपूर्ण विषय सरसफाई रहेको बताइएको छ। मान्छे स्वस्थ्य जीवन बिताउन ब्यक्तिगत सरसफाई देखी वातावरणीय सरसफाईमा ध्यान दिन सबैलाई आग्रह गरे ।वडा अध्यक्ष डागीले भने डुवेश्वर गाँउपालिका वडा नं१लाई पूर्ण सरसफाईयुक्त वडाका साथै अन्य क्षेत्रमा समेत विकास गर्न चाहेको बताए ।

कार्यक्रममा एभेष्ट क्लब दैलेखका फोकल पर्सन दिपक केसि ,आमा समुहका अध्यक्ष मिना कार्की ,कार्यापालिका सदस्यहरु खगिसरा थापा,मिना सिन,लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो ।