दैलेख- दैलेख सदरमुकाममा तीन करोड २६ लाख ८४ हजार नौ सय रुपैयाँ लागतमा निमार्ण भएको कर्बड हलको उद्घाटन गरिएको छ ।विभिन्न खेलकुद सम्बन्धी गतिविधि सञ्चालनका लागि निर्माण गरिएको कर्बड हल आईतबार एक कार्याक्रम बिच उद्घाटन गरिएको नारायण नगपालिका वडा न -१का वडा अध्यक्ष तिर्थनारायण श्रेष्ठले जानकारी दिए ।
कर्बड हलको उद्घाटन दैलेख निर्वाचन क्षेत्र नं- २ बाट निर्वाचित प्रतिनीधि सभा सदस्य राजबहादुर बुढाद्धारा शिलान्यास गरिएको कबर्ड हल आइतवार नारायण नगरपालिकाका मेयर रत्नबहादुर खड्काले उद्घाटन गरेका छन् ।
कार्यक्रममा भलिबल, व्याडमिन्टन, बास्केट बल, लगायतका खेल सञ्चालनका लागि आवश्यक स्थान व्यवस्थापनका लागि सहज हुने नारायण नगरपालिका दैलेखका मेयर रत्न बहादुर खड्काले बताए ।कर्बड हलको उद्घाटन भए सगै कुनै पनि खेल शारिरिक तन्दुरुस्तीका लागि आबश्यक रहेको बताउदै भलिबल, व्याडमिन्टन, बास्केट बल, पनि खेल शारिरिक तन्दुरुस्तीका साथै व्यावसायिक खेलको एउटा पाटोे भएको भएको उनले जानकारी दिए।
कर्बर्ड हल सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाई सुर्खेतले कबर्ड हल औपचारिक रुपमा नारायण नगरपालिका र त्रिभुवन मावीको मातहतमा रहनेगरी हस्तान्तरण गरेको छ ।
कबर्ड हल त्रिभुवन माध्यामिक विद्यालयको जग्गामा कबर्ड हल निर्माण गरिएको हो । ०७५ जेठ २० गतेबाट निर्माण सुरु भएको कबर्ड हल ०७७ जेठ ३० गते सम्पन्न भएको निर्माण कम्पनीले जनाएको छ । कबर्ड हल थेगिम जि टी जेभीले निर्माण सम्पन्न गरेको हो ।तयार भएको कबर्ड हललाई खेलकुदका राष्ट्रिय प्रतियोगीता देखि सभा, सम्मेलन, गोष्ठी गर्नमा पनि प्रयोग गर्न सकिने जनाइएको छ।