दैलेख-नेकपा एमाले नौमुले गाउकमिटीको सातौ बैठक सम्पन्न भएको छ ।बैठकले एमाले जिल्ला कमिटी सदस्यहरुलाइ सम्मान गरेको छ । बैठकले आगामी बैशाख ३० हुने स्थानिय निर्वाचनमा एमाले एक्लै चुनावी मैदानमा जाने निर्णय गरेको छ । चैत्र १९ गते सम्म सबै वडामा उम्मेदवार को छनोट गरि सक्ने निर्णय गरेको छ ।
निर्बाचनलाई ससक्त बनाउनका लागि नेकपा एमाले गाउँपालिका अध्यक्ष ससिराम बि क को सयोजकत्व मा २५१ सदस्यीय निर्वाचन परिचालन समिती गठन गर्ने निर्णय गरेको जिल्ला कमिटी सदस्य याम शर्माले बताए ।
कार्यक्रममा बोल्दै नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष रबिन्द्रराज शर्मा ले आगामी चुनावमा एमाले एक्लै चुनावी मैदानमा जाने बताए ।उनले एमाले एक्लै चुनाव लडेर जित हात पर्ने सफल हुने बताए । समाज बादी पार्टीनै उनले नभएको बताए ।नेकपा एमाले पार्टीले गरेका राम्रा काम देखेर सबै लागेका छ्न तर जनता एमाले को पक्षमा रहेको उनले बताए।नै पनि खेलको मैदान होस या निर्वाचनको मैदानमा जाने कुरा होस, जुन शक्ति आफ्नो एजेण्डामा क्लियर र विश्वस्त छ, त्यो शक्ति ढुक्कसँग मैदानमा जान्छ ।अध्यक्ष शर्माले भने जुन शक्ति कमजोर छ, त्यो मैदानमा जान डराउँछ अनि जलझेल गर्छ। एमाले मात्रै विश्वस्तका साथ निर्वाचनमा एक्लै जान चाहन्छ ।’