मुगु । प्रधानमन्त्री शेर बहादुर देउवाले सोमवार मुगुको सदरमुकाम गमगढीमा नव निर्मित सालिक र भवनको भर्चुअल माध्यमबाट अनावरण र उद्घाटन गरेका छन् ।
छायाँनाथ रारा नगरपालिको आर्थिक तथा प्राविधिक सहयोगमा सदरमुकाम स्थित अदालत चोकमा निर्मित स्वर्गीय बखत बहादुर शाहीको अर्धकद सालिकको अनावरण र वि।पी स्मृति भवनको प्रधानमन्त्री देउवाले भर्चुअल माध्यमबाट उद्घाटन गरेका हुन ।
भर्चुअल माध्यमबाट सञ्चालित अनावरण तथा उद्घाटन कार्यक्रमलाई सम्बोधन गदै प्रधानमन्त्रीले देउवाले स्थानीय सरकार छायाँनाथ रारा नगरपालिकाका प्रमुख हरिजंग शाहीको नेतृत्वमा रहेको नगर कार्यपालिकाले दूर दराजबाट प्रजातन्त्रका लागि लडेको र पहिलो मुगु जिल्ला विकास समिति सभापति तथा मुगु पार्टी सभापति स्वर्गीय बखत बहादुर शाहीलाई सम्मान गदै उनको सालिक बनाएकोले आफु सहित सिङ्गो काँग्रेस खुशी भएको र शहिद प्रति सच्चा सम्मान भएको बताए।
सालिक अनावरण गरिएको स्वर्गीय बखत बहादुर शाहीलाई २०५८ साल माघ ३ गते राती घरमा खाना खाइरहेका बेला तत्कालीन विद्रोही पक्ष नेकपा माओवादीका कार्यकर्ताहरूले गोली हानी हत्या गरेका थिए ।
अहिलेका उपलब्धि शहीद र जननिर्वाचित बिपी कोइरालाले खेलेको भूमिका तथा आन्दोलनबाट प्राप्त भएकाले सोही उपलब्धिबाट आफूहरूले शासन सत्ता चलाउन पाएकोले बिपी स्मृति भवन र शहिद बखत बहादुर शाही सालिक बनाएको नगरप्रमुख हरिजंग शाहीले बताए ।