☰ open Loading... 3 October 2022|   सोमवार, अशोज १७, २०७९

जलवायु परिवर्तन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
  |

 

यामराज बिष्ट दैलख- दैलेखमा जलवायु परिवर्तन सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।पारिवारिक निजी वन संघ नेपाल दैलेखले आयोजनामा उक्त कार्यक्रम संचालन गरिएको हो । जलवायु प्रदुषण ब्यवस्थापनका लागी योजना तर्जुमा गर्नै पर्ने, जनचेतना जगाउनु पर्ने, उदेश्यले आज दैलेखका दुई वटा विद्यालयमा उक्त कार्यक्रम गरिएको बताइएको छ ।

कार्यक्रममा जलवायु प्रदुषणका कारण दिनानुदिन बढिरहेको समस्यालाई न्युनिकरण गर्ने र वातारणलाई अनुकुल बनाउदै लानु कार्यक्रयमको उदेश्य रहेको पारिवारिक निजि बन संघ दैलेखका जिल्ला अध्यक्ष भरतराज अधिकारीले बताए।

हामी सवैले आ-आफनो क्षेत्रबाट जलवायु परिवर्तनलाई मध्येनजर राखेर योगदान पुर्याउनु पर्ने उदेश्यले दैलेखको महेन्द्र माध्यामिक विद्यालय नारायण नगरपालिका -५भैसेखोर र नारायण नगरपालिका– ३ कालिमाटीस्थित रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा कार्यक्रम गरिएको पारिवारिक निजि बन संघका जिल्ला अध्यक्ष अधिकारीले जानकारी दिए ।

उनले भने- बाढी पहिरो ,भुक्षय, खडेरी लगायत विभिन्न कल कारखाना र औधोगिकरण स्थापना गर्दै गर्दा विकासको नाममा निम्त्याएका जलबायु परिबर्तनका कारण हो । जलवायु प्रदुषणका कारण दिनानुदिन बढिरहेको समस्यालाई न्युनिकरण लगायत जलवायु परिवर्तन र विद्यार्थीको प्रभावका बिषयमा करिब २सय भन्दा बढी विद्यार्थीहरुको सहभागिता छलफल गरिएको थियो ।

!-- .entry-content --> प्रकाशित मितिः बिहिबार, चैत्र १७, २०७८     8:13:59 PM