दैलेख –एभेष्ट क्लब दैलेखको आयोजनामा महिला नेतृत्व बिकास क्षमता अभिबृद्धि तालिम सम्पन्न भएको छ ।तिन दिन सम्म संञ्चालन गरिएको नेतृत्व तथा क्षमता बिकास तालिम दैलेखका– ११ स्थानिय तहका जनप्रतिनिधि र महिलाहरूलाई लक्षित गरी सञ्चालन गरिएको हो ।
तालिममा सहभागी गोमा रोकायले नेतृत्व बिकास र महिला अधिकार अन्तरर्गत संविधानले व्यवस्था गरेका संवैधानिक अधिकारका बिषयमा जान्न र बुझ्न पाएको बताईन् ।आफु तिन दिन सम्म सिकेका कुरा अरु महिलाहरुलाई पनि सिकाउने उनले जानकारी दिईन्।
यस्तै एसएनभी नेपाल लैङ्गिक समानता र सामाजिक समावेशीकरणमा बिकाशकी सल्ललाकार सावित्री ढकालले तिन दिनको अवधीभर महिला नेतृत्व तथा क्षमता अभिबृद्धि तालिममा सामाजिकरुपमा पछाडि परेको वर्गका मानिसलाई क्षमताको अभिबृदी गर्दै नेतृत्वमुखी बनाउने उदेश्यले यो कार्यक्रम गरिएको उनले बताईन्।
कार्यक्रममा डुङ्गेश्वर गाँउपालिकाकी उपाअध्यक्ष सीता ज्ञवालीले महिलाहरु महिलाबाटै पनि हिंसामा परेको बताउदै आगामी दिनमा हिंसा लुकायर नराख्न सबैमा आग्रह गरिन । गाँउपालिकाले सबै क्षेत्रमा काम गरि रहेको स्मरण गराउदैँ आगामी दिनमा यसलाई प्रभावकारी बनाउने प्रतिबद्धता ब्यक्त गरिन् । हामी समुदायको विकास र महिला अधिकार साथै सु–शासनका लागि स्थानिय स्तरमा पहल गर्दै आई रहेका छौं, पहिला भन्दा अहिले सार्वजनिक निकायका विभिन्न समिति समुह र उपभोक्ता समितिहरुमा महिलाहरुको प्रतिनिधित्व भएको छ । गाँउपालिकाले काम गरेको छैन भनेर आलोचना भैरहको भन्दै उनले हामी निवार्चित भईसकेपछि गाँउपालिकामा भईरहेका कामको बारेमा बुझन पाउने अधिकार सबैको प्रयाप्त भएको उनले दाबी गरिन् ।