☰ open Loading... 18 November 2024|  

स्थानीय तह निर्वाचनः दैलेखमा अनुगमन गर्दै सुरक्षा निकाय
  | २२ चैत्र २०७८, मंगलवार ०५:१३

 

 

यामराज बिष्ट दैलेख । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन लागि दैलेखमा तयारी तीव्र पारिएको छ । जिल्ला सुरक्षा समितिले दैलेखका ११ स्थानीय तहमा निर्वाचन सुरक्षा रणनीति बनाउन अनुगमन गरेको हो ।

जिल्लामा रहेका चामुण्डा बिन्द्रासैनिक नगरपालिका,भैरवी गाँउपालिका,नौमुले गाँउपालिका रहेका मतदान केन्द्रहरूको स्थलगत अनुगमन र अवलोकन गरिएको प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले जानकारी दिए । अनुगमन टोलीमा प्रमुख जिल्ला अधिकारी प्याकुरेल, सदस्यहरु सेनानी दिनेश लामा, प्रहरी नायव उपरीक्षक भुवनेश्वर प्रसाद साह, प्रमुख अनुसन्धान अधिकृत दिलबहादुर चौधरी, पत्रकारलगायत सहभागि थिए ।

आगामी बैशाखमा हुने स्थानीय निर्वाचनमा मतदान स्थलहरुको स्थलगत अवलोकन एवं निरीक्षण गरी निर्वाचनलाई भयरहित तथा सौहार्दपूर्ण वातावरणमा सम्पन्न गर्ने लक्ष्य राखिएको प्रमुख जिल्ला अधिकारी प्याकुरेलले बताए । दैलेखका ११ स्थानीय तहका विभिन्न ठाउँमा अनुगमन गर्ने क्रम जारी छ ।

 

मतदान केन्द्रहरूको अनुगमनको क्रममा मतदान स्थलको भौतिक अवस्था, बाटो, शौचालयलगायतको बारेमा जानकारी लिएको र अन्य बाँकी ठाउँमा पनि अनुगमन गर्दै जाने प्रजिअ प्याकुरेलले बताए ।