☰ open Loading... 18 November 2024|  

पूर्ण मात्रा खोप लगाएको ३ महिनामै बुस्टर डोज लगाउन पाइने
  | २२ चैत्र २०७८, मंगलवार ०५:१६

काठमाडौं : दोस्रो मात्रा खोप लगाएको तीन महिनामै कोरोना भाइरसविरुद्धको अतिरिक्त मात्रा ‘बुस्टर’ खोप लगाउन पाइने भएको छ । राष्ट्रिय खोप सल्लाहकार समितिले कोरोना भाइरसको खोपको पहिलो शृंखला पूरा गरेको तीन महिनापछि नै बुस्टर खोप दिने निर्णय गरेको हो। स्वास्थ्य मन्त्रालयले ७७ वटै जिल्ला स्वास्थ्य कार्यालयलाई पत्राचार गर्दै पहिलो शृंखलाको खोप पूरा गरेको तीन महिनामै बुस्टर डोज दिन निर्देशन दिएको हो ।

 

यसअघि कोभिड –१९ को पहिलो श्रृंखला खोप लगाएको ६ महिनापछि मात्र बुस्टर डोज दिने गरिएको थियो । खोप अभियान शुरु भएदेखि हालसम्म नेपालमा चार करोड एक लाख ५८ हजार ९ सय दुई मात्रा खोप लगाइएको छ ।

एक मात्रा खोप १ करोड ८७ लाख ७९ हजार चार सय ८८ जनाले लगाएका छन् । त्यस्लै पुर्ण मात्रा खोप लगाउनेको संख्या एक करोड ९१ लाख ६५ हजार दुई सय ७४ रहेको छ ।

 

अतिरिक्त मात्रा खोप लगाउनेको संख्या २२ लाख १४ हजार १ सय ४० रहेको छ । नेपालले हालसम्म चार करोड ७८ लाख ८२ हजार आठ सय मात्रा खोप प्राप्त गरेको छ ।