| २३ चैत्र २०७८, बुधबार ०५:३९
कोहलपुर । बाँकेको नरैनापुर गाउँपालिका वडा नं.४ स्थित कृष्णनगर गाउँका अग्नी पीडित राहत वितरण गरिएको छ । सोमबार दिउँसो आगलागी हुँदा १६ घर गोठ जलेर नष्ट भएका थिए ।
घरगोठ जलेर नष्ट भएका अग्नी पीडित घरपरिवारलाई नरैनापुर गाउँपालिकाले त्रिपाल, थाल, खाद्यान्न लगायत राहत वितरण गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भरत बस्नेतले बताए । उनका अनुसार आगलागीबाट मानवीय क्षति नभएपनि घरगोठ जलेका कारण स्थानीयवासीलाई घरबासको समस्या नहोस् भनेर तत्काल त्रिपाल वितरण गरिएको हो ।
त्यस्तै जिल्ला विपद व्यवस्थापन समिति बाँकेले प्रति परिवार नगद १५ हजार नगद वितरण गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए । नेपाल रेडक्रस सोसाइटीले गैह्रखाद्य सामग्री सेट, १ थान कम्बल वितरण गरिएको खत्रीले बताए ।