☰ open Loading... 26 December 2024|  

नारायणका ९ जना स्वास्थ्यकर्मी सम्मानित
  | २५ चैत्र २०७८, शुक्रबार १९:२९

 

 

यामराज बिष्ट
दैलेख –नारायण नगरपालिका दैलेखले बिश्व स्वास्थ्यकर्मि सप्ताहको अवसरमा कोभिड१९- को महामारीमा अग्रपंक्तिमा खटिएर काम गर्ने स्वास्थ्यकर्मीलाई सम्मान गरेको छ। नारायण नगरपालिका भित्र बिभिन्न स्वास्थ्य चौकीमा कार्यरत ९ जना स्वास्थ्यकर्मीलाई शुक्रबार उपहार सामाग्री ,प्रमाणपत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको नारायण नगरपालिका स्वास्थ्य शाखा दैलेखका सह संयोजक लाल बहादुर खड्काले बताए।नगरपालिकाले सिफारिस गरेका स्वास्थ्यकर्मीहरूमध्ये छनौट गरेर उत्कृष्टलाई सम्मान गरिएको स्वास्थ्य शाखा सह- संयोजक खड्काले जानकारी दिए। गत आर्थिक वर्ष यतादेखि स्वास्थ्य क्षेत्रमा उत्कृष्ट कार्य सम्पादन गरेका र कोभिड–१९ को प्रतिकार्यमा महत्वपूर्ण भूमिका खेलेका स्वास्थ्यकर्मीहरूलाई सम्मान गरिएको जनाएको छ।

 

 

 

 

सम्मानित हुनेमा नारायण नगरपालिका दैलेखका स्वास्थ्य शाखा प्रमुख नगेन्द्र बहादुर हमाल, बिन्ध्याबासिनी स्वास्थ्यचौकीका प्रमुख चन्द्र बहादुर बिक, बेलाशपुर स्वास्थ्य चौकीका क्रान्ति प्याकुरेल, बेलाशपुर स्वास्थ्य चौकीका रमा उपाध्याय ,काडाचौर शहरी केन्द्रका जैसरा बिक, काडाचौर शहरी केन्द्रका शरोज रेग्मी,पोषण पुर्न स्थापना केन्द्रका गीता कुमारी खड्का त्रिबेणी स्वास्थ्य चौकीका निर्मला शाही र रेडक्रस माबि भूर्तिका अस्मीता बस्नेत रहेका छन्।

कार्यक्रमा नारायण नगरपालिका दैलेखका प्रमुख प्रसासकिय अधिकृत भक्त बहादुर मल्लले कोरोना महामारीमा ज्यानलाई जोखिममा राखेर घर परिवार नभनी अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीलाई सम्मान गरिएको बताए ।सबैले जिम्मेवारी बुझेर अझै काम गर्नुपर्नेछ,’ उनले भने, ‘यो सम्मानले भोलिको तयारीका लागि बल पु¥याउनेछ ।’

यस्तै नारायण नगरपालिका दैलेखका मेयर रत्न बहादुर खड्काले सम्मानित हुने सबैलाई बधाई दिदै सबै जनाले स्वास्थ्य क्षेत्रमा महत्वपुर्ण योगदान दिनुभएको छ।संकटको समयमा स्वास्थ्यकर्मी नागरिकका लागि वास्तविक नायक साबित भएको बताए ।यो सम्मानले स्वास्थ्यकर्मीलाई अझै स्वास्थ्य क्षेत्रमा काम गर्न ऊर्जा थपिनुका साथै हौसला बढेको उनले बताए। कार्यक्रममा नारायण नगरपालिका दैलेखका कर्मचारी ,स्वास्थ्यकर्मि लगायतको सहभागीता थियो ।