दैलेख। आगामी वैशाखमा हुने स्थानीय तहको निर्वाचन लागि दैलेखमा मतदान स्थलको निरीक्षण तथा अनुगमन गर्न शुरु गरिएको छ । जिल्ला सुरक्षा समिति दैलेखका ११ स्थानीय तहमा आगामी वैशाख ३० हुने हुने स्थानीय तहको निर्वाचन सुरक्षा रणनीति बनाउन मतदान स्थलको निरीक्षण तथा अनुगमन गरिएको हो ।
निर्वाचन तयारीका लागि डुङ्गेश्वर गाउँपालिकाका विभिन्न स्थानमा रहेका मतदान केन्द्रहरूको स्थलगत अनुगमन र अवलोकन गर्ने काम शुरु भएको छ ।
अनुगमन टोलीमा दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेल, जिल्ला निर्वाचन अधिकारी मनमाया कौउचा, सेनानी बिनोद चौलागाईं, प्रहरी नायव उपरीक्षक भुवनेश्वर प्रसाद साह, डुङ्गेश्वर गाउँपालिकाकी उपाध्यक्ष सीता ज्ञवाली, डुङ्गेश्वर गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत डेवेन्द्र खड्का, पत्रकार लगायतको टोलीले मतदानस्थलहरुको स्थलगत अनुगमन कार्य सुरुवात गरेका हुन् ।
निर्वाचनमा मतदान स्थलहरुको स्थलगत अवलोकन एवं निरीक्षण गरी निर्वाचनलाई भयरहित तथा सौहार्दपूर्ण वातावरणमा सम्पन्न गर्दै मतदान गर्न पाउने आम नागरिकको हक अधिकारलाई सुनिश्चित गर्न सुरक्षा समितिका पदाधिकारीहरुद्वारा उक्त मतदानस्थलहरुको अवलोकन गरिएको प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले बताए ।
मतदान स्थलको अवस्था, निर्वाचनका सामग्रीहरू पु¥याउनको लागि सडकको अवस्था र निर्वाचनपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयसम्म सुरक्षित तरिकाले मतपेटिका ल्याई मतगणना सम्पन्न गर्ने उद्देश्यले मतदान स्थलको निरीक्षण तथा अनुगमन गरिएको प्रमुख जिल्ला अधिकारी प्याकुरेलले जानकारी दिए ।
उनले दैलेखका ११ स्थानीय तहका विभिन्न ठाउँमा अनुगमन गर्ने जारी छ । मतदान केन्द्रहरूको अनुगमनको क्रममा मतदान स्थलको भौतिक अवस्था, बाटो, शौंचालयलगायतको बारेमा जानकारी लिएको उनले बताए । यस्तै निर्वाचनको मितिलाई ख्याल गर्दै पर्याप्त दैलेखमा तयारी भइरहेको जिल्ला निर्वाचन कार्यालय दैलेखकी कार्यालय प्रमुख मनमाया काउचाका बताइन् ।
‘हामीले योजनाबद्ध रूपमा काम गरिरहेका छौँ । निर्वाचनका लागि आवश्यक पर्ने काम दु्रत रूपमा अघि बढिरहेको वैशाख ३० गते हुने निर्वाचन गर्न आर्थिक प्राविधिक लगायत सबै हिसावमा तयारी अवस्थामा रहेको छ’ उनले भनिन् । दैलेखमा १ सय २६ मतदान स्थल र २ सय ७ वटा मतदान केन्द्र छन्