| ३ बैशाख २०७९, शनिबार ०५:२९
काठमाडौंः नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा तालमेल प्रक्रिया अघि बढाउन मातहतका संरचनालाई निर्देशन दिएको छ ।
शुक्रबार कांग्रेसको मुख्यालय सानेपामा बसेको स्थानीय तह निर्वाचन परिचालन समितिको बैठकमा गठबन्धनलाई थप व्यवस्थित बनाउनका लागि पार्टी केन्द्रले गरेको निर्णय अनुसार तालमेलको प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो ।
कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरका अनुसार बैठकमा गठबन्धनको मर्म विपरीत जान नहुने विषयमा गहन छलफल भएको थियो ।
बैठकले निर्वाचनमा परिचालन हुनका लागि विभिन्न उप समिति बनाउने निर्णयसमेत गरेको छ । साथै प्रदेश र जिल्लामा प्रतिनिधि पठाउने तथा जिल्लाबाट पालिका तहमा प्रतिनिधि पठाउन तल्लो तहलाई निर्देशन दिने निर्णय गरिएको छ ।