☰ open Loading... 18 January 2025|  

सल्यानमा सत्तारुढ दलबिच गठबन्धन नहुने
  | ४ बैशाख २०७९, आईतवार १७:४३

सल्यान :सल्यानमा आसन्न स्थानिय तह निर्वाचनमा गठबन्धन नहुने भएको छ।सत्तारूढ गठवन्धन भित्रका दलहरूकाे सम्पन्न बैठ्कले गठबन्धन नगर्ने निर्णय गरेको हो।

शनिबारदेखि जारी बैठकमा पालिका भागबन्डामा सहमती नभएपछि गठब्न्धन भाडिएको हो।

पालिका तथा वडा वाडफाड सम्वन्धि  जिल्ला स्तरिय संयन्त्रले आसन्न जेठ ३० गते हुने स्थानिय तह निर्वाचनमा मैत्रीपुर्ण र स्वछ प्रतिस्पर्धा सहित निर्वाचन जाने निर्णय गरेको नेपाली कांग्रेस सल्यानका उपसभापति सन्तोष केसिले बताए।

सम्यन्त्रको बैठकमा माओवादी केन्द्रले ६ स्थानिय तहमा दावी गरेपछि सहमती हुन नसकेको हो। नेपाली कांग्रेसले गत स्थानीय तह निर्वाचनमा जितेको १ तह छाड्दा समेत माओवादी ब्याक नभएको बैठकमा सहभागी एक नेताले बताए। एकीकृत समाजबादिले २ स्थानिय तह दाबी गरेको बुझिएको छ। सल्यानमा १० स्थानिय तह छ्न।

माओवादी केन्द्रका कारण गठबन्धन टुटेको बताइएको छ।
गठबन्धन टुटेपछी दलहरु आन्तरिक छ्लफलमा जुट्न सुरु गरेका छ्न।