☰ open Loading... 19 November 2024|  

पल शाह प्रकरणः पीडित नाबालिगले बयान फेरिन्
  | ५ बैशाख २०७९, सोमबार ०५:१८

तनहुँः नाबालिग बलात्कारको अभियोगमा थुनामा रहेका अभिनेता पल शाहविरुद्ध पीडित भनिएकी नाबालिगले तनहुँ जिल्ला अदालतमा बयान फेरेकी छिन् । तनहुँ अदालतमा आइतबार भएको बकपत्रमा पीडितले बयान फेरेकी हुन् ।

 

जबर्जस्ती करणीको अभियोगमा थुनछेक बहसपछि कलाकार शाह पुर्पक्षका लागि थुनामा छन् । अदालतले पीडित र साक्षीको बकपत्र लिएको छ । गत चैत १० गते शाह पुर्पक्षका लागि थुनामा गएपछि तनहुँ अदालतको आदेश बदर गर्न माग गर्दै उच्च अदालत पोखरामा निवेदन दर्ता भएको छ ।

 

तनहुँ अदालतका इजलास अधिकृत कृष्ण गौतमले पल शाह प्रकरणमा बकपत्र लिने काम भएको जानकारी दिए ।