☰ open Loading... 25 January 2025|  

१० जना कोरोना संक्रमित थपिए
  | ७ बैशाख २०७९, बुधबार ०५:१६

काठमाडौं । पछिल्लो २४ घण्टामा १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५८ जनाको पीसीआर परीक्षणमा १० जना र १ हजार ३४५ जनाको एन्टीजेन परीक्षणमा शुन्य गरी १० जनामा संक्रमण पुष्टि भएको हो ।मंगलबार कोरोनाबाट २६ जना कोरोना संक्रमित संक्रमणबाट मुक्त भएका छन् ।हाल देशभर ३३४ जना सक्रिय संक्रमित रहेका छन् ।