☰ open Loading... 29 November 2024|  

पढाइ सुधार्न शुरु भए टोलटोलमै कक्षा
  | ८ बैशाख २०७९, बिहीबार ०५:४०

कालीकोट — सिकाइ उपलब्धि कमजोर भएका विपन्न समुदायका बालबालिकाका लागि नरहरिनाथका ३६ टोलमा सिकाइ कक्षा सञ्चालन गरिएको छ । १ देखि ३ कक्षाका बालबालिकाको पढाइ सुधार्न टोल पढाइ सुरु गरिएको हो । जिल्लाका सबै सामुदायिक विद्यालयहरूमा अहिले वार्षिक परीक्षा चलिरहेको छ ।

 

विद्यार्थीहरू परीक्षा सकेर दैनिक टोल पढाइमा सहभागी भइरहेका छन् । दलित समुदायको बाहुल्यता रहेका विद्यालयका सेवा क्षेत्रभित्रका टोलमा पढाइ कक्षा सञ्चालन भइरहेको गाउँपालिकाको शिक्षा शाखा प्रमुख दुर्गाप्रसाद न्यौपानेले बताए ।

उनका अनुसार शान्ति मावि माल्कोट, विश्वकुना मावि, रमा मावि, रूपादेवी मावि, नुवादेव आधारभूत र नन्दादेवी माविको सेवा क्षेत्रभित्रका टोलमा यो कार्यक्रम सञ्चालन भइरहेको छ । ती विद्यालयका अभिभावक, शिक्षक र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीलाई ५/५ दिनको शैक्षिक सामग्री निर्माण तालिम दिइएको उनले जानकारी दिए ।