वीरेन्द्रनगर, वैशाख ८ – स्थानीय तहको चुनाव नजिकिँदै गर्दा वीरेन्द्रनगरको नगर प्रमुखमा आकांक्षी धेरै छन् तर, काँग्रेसबाट समाजसेवी हरि विष्ट पनि उम्मेदवारहरुको भिड्मा छुटटै पहिचान सहित उभिएका छन् । दिन दुःखीहरुको साहाराको रुपमा आफुलाई समर्पित गरेका विष्टको वीरेन्द्रनगरमा नगर प्रमुखको उम्मेदवारी दिने नाम चर्चा बटुलेका छ ।
कोभिड्को बेला होस् या अन्य जुनसुकै बेला आपतविपतमा परेका दिनदुखीहरुको सेवामा अग्रसर हुने विष्ट वीरेन्द्रनगरका बलियो उम्मेदवार हुन् ।
वैशाख ११ र १२ मनोनयन दर्ता गर्ने कार्यतालिका सार्वजनिक गरिरहदाँ विष्टका सुभचिन्तकहरुले जुनसुकै अवस्थामा पनि नगर प्रमुखका लागि लड्नुपर्ने आवाज उठाएका विष्ट निकटकाहरुले बताएका छन् । तरुण दल सुर्खेतका अध्यक्ष र पार्टीका जिल्ला सहसचिव समेत रहेका विष्ट सामाजिक अभियान मार्फत आफुलाई एक संशक्त र बलियो उम्मेदवारका रुपमा स्थापित गरेका छन् ।
कोभिड्का बेला वीरेन्द्रनगरमा काँग्रेस कहाँ छ भनेर खोज्नुपर्ने बेलामा विष्टले रातदिन, दुःखी गरिवहरु सवैका घरघरमा पुगेर सहयोगी बनेर काम गरेका थिए । विरामीहरुलाई आर्थिक सहयोगदेखी कोभिड्ले दैनिक मजदुरी गर्नेहरुको चुलो नजलेको बेला राहत लिएर चुलो जलाएका थिए । उनले त्यतीबेला ५० लाख बढी ब्यक्तीगत खर्च गरेका थिए ।
वीरेन्द्रनगरमा जिउ र धनको प्रवाह नगरि काँग्रेस कहाँ छ भनेर समाजसेवा मार्फत आफुलाई विष्टले उभ्याएका थिए । आज उनै विष्ट वीरेन्द्रनगरमा नगर प्रमुखको रुपमा अघि सारेका छन् । कोभिड्का बेला दिनदुखीहरुको सेवामा समर्पित भएको भन्दै त्यसैको फल स्वरुप उनले अन्र्तराष्ट्रिय स्तरको गोल्वल नेपाल अमेरिकाबाट दिएको कोभिड् हिरो अवार्डको सम्मान समेत पाएका थिए ।
‘म तरुण सुर्खेतको अध्यक्ष र पार्टी सहसचिव हुँदा आकांक्षी हुनु स्वभाविक हो ।’ विष्टले भने, पार्टी उठाए जितेर देखाउँछु । पार्टीमा संगठनका लागि दुःख पाएको अग्रजहरु नेताहरुको ब्यवस्थापन गर्ने क्रममा मलाई पार्टीले पछि हट्न भनेपछि हट्न तयार छु ।’