☰ open Loading... 30 November 2024|  

भरतपुर महानगरकी मेयर रेनु दाहालले दिइन् राजीनामा
  | ९ बैशाख २०७९, शुक्रबार १६:४४

चितवन । चितवनको भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले पदबाट राजीनामा दिएकी छिन् ।३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनकातर्फबाट मेयरको उम्मेदवार बन्न दाहालले शुक्रबार उपमेयर पार्वती शाह ठकुरीलाई राजीना बुझाएकी हुन् । उनको राजीनामा उपमेयर ठकुरीले स्वीकृत गरेकी छिन् ।

निर्वाचन आयोगले पुनः उम्मेदवार बन्न राजीनामा दिनुपर्ने प्रावधान राखेपछि सत्ता गठबन्धनबाट भरतपुरको मेयरमा दोस्रोपटक उम्मेदवार बन्न लागेकी दाहालले राजीनामा दिएकी हुन् ।

पाँच दलीय गठबन्धनकातर्फबाट भरतपुरको मेयर माओवादीले र उपमेयर कांग्रेसले पाउने सहमति भएको छ ।  ११ र १२ वैशाखमा उम्मेदवारहरुले मनोनयन दर्ता गराउने कार्यक्रम निर्वाचन आयोगले सार्वजनिक गरेको छ ।