☰ open Loading... 5 February 2025|  

पाँच वर्ष बित्यो तर गाउँ फर्किएनन् जनप्रतिनिधि
  | १० बैशाख २०७९, शनिबार ०५:११

बाँके । यहि वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन नजिकिँदैछ । निर्वाचन आउन २० दिन मात्र बाँकी रहँदा विभिन्न राजनीतिक दललाई यतिबेला उम्मेद्वारी छनोट गर्न र पार्टीका कार्यक्रमहरुमा उपस्थित हुन भ्याइनभ्याई भएको छ । विशेष गरी प्रमुख दल नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) लगायतका दलहरु गाउँ पस्न थालेका छन् ।

 

स्थानीय तहको चुनाव नजिकिँदै गर्दा कोहलपुरमा पनि चुनावी सरगर्मी बढेको छ । राजनीतिक दल र नेताहरू गाउँगाउँमा पुगेर टोल भेला गर्दैछन् । तर, राजनीतिक दलका कार्यक्रममा मतदाता कम र नेता कार्यकर्ताहरु उपस्थित बढी रहेको देखिन्छन् ।

 

राजनीतिक दलका नेताहरू चुनावी प्रचार—प्रचारमा घरघर पुग्न थाले पनि आश्वासन मात्र दिने गरेको स्थानीय बताउँछन् । चुनाव आउँदा यसो गर्छौ । उसो गर्छौ भन्दै ठिक्क पार्ने गरेको स्थानीय शोहनलाल थारुले बताए । ‘राजनीतिक दल भोट माग्न आउँदा निकै आश्वासन दिन्छन् तर जितेपछि केही गर्दैनन् । पाँच वर्ष वित्यो तर हाम्रो घरमा फर्केर आएनन्’ उनले गुनासो गरे । जनप्रतिनिधिले जनताका दुःख र समस्या कहिले नसुनेको उनको गुनासो छ ।

 

पहिला हामीलाई जिताउनुस् समाज र गाउँ घरको विकास गर्छु भन्न नछाड्ने तर केहीँ नगर्ने गरेको उनले बताए । अब चुनावमा हाम्रो मान्छे नभएर राम्रो मान्छेलाई भोट हाल्ने समेत थारुले बताए ।