☰ open Loading... 5 February 2025|  

नारायणनगरको मेयरमा एमालेबाट शर्मा र उपमेयरमा थापा
  | ११ बैशाख २०७९, आईतवार ०५:०८

दैलेखको नारायण नगरपालिकामा नेकपा एमालेले मेयर र उपमेयरको उम्मेदवार टुंगो लगाएको छ ।एमाले कर्णाली प्रदेश कमिटीले मेयरमा लोमन शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको हो । उपमेयरमा यसअघि नै तप्ता थापा चयन भइसकेकी छन् ।

मेयरका लागि प्रेम थापाको पनि दावी रहेको थियो ।२०७४ सालको निर्वाचनमा नारायण नगरपालिकामा एमालेले जितेको थियो ।एमालेबाट निर्वाचित सावित्रा मल्ल अहिले नेकपा एस प्रवेश गरेकी छन । त्यहाँ गठबन्धनबाट कांग्रेसले मेयर पाउने पक्का भएको छ ।