समाचार लेखेकै भरमा माओवादी केन्द्रका कार्यकर्ताद्धारा पत्रकार नरजन तामाङलाई मार्ने धम्की दिएका छन् । चंखेली गाउँपालिका–५ नेप्का घर भई हाल नेपाल टेलिभिजन र नयाँ पत्रिका दैनिकका हुम्ला जिल्ला सम्वाददता तामाङलाई ताँजाकोट गाउँपालिका–४ गल्लावाडाका पशुपति सन्ज्याल, नरप्रसाद सन्ज्याल र विनोद सन्ज्यालले मार्ने धम्की दिएका हुन्र ।
वैशाख ९ गते माओवादी केन्द्र कर्णाली प्रदेशका सहसचिव लालकेस जैसी कुटिपिट भएको समाचार लेखेकाे भन्दै जैसीका आफन्तले वैशाख १० गते मार्ने धम्की दिएको पत्रकार तामाङले बताए । सहसचिव जैसीका आफन्तद्धारा सामाजिक सञ्जाल फेसबुक, म्यासेनजरबाट धम्की दिएपछि वैशाख १० गते तामाङले जीवन सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय हुम्लामा उजुरी गरेका छन् ।
पत्रकार तामांगलाई मार्ने धम्की प्रति आपत्ति जनाउँदै नेपाल पत्रकार महासंघ जिल्ला शाखा हुम्लाले वैशाख १० गते प्रेस विज्ञाप्ती निकालेको पत्रकार महासंघ हुम्लाका अध्यक्ष राजन रावतले जानकारी दिए । घटनाको विष्तृत अनुसन्धान गरि सुरक्षा निकायले छलफल गर्ने भएको प्रमुख जिल्ला अधिकारी सीता परियारको भनाई छ ।