☰ open Loading... 28 November 2024|  

कर्णालीका दुई जिल्लामा गठबन्धनबीच जुटेन सहमति
  | १३ बैशाख २०७९, मंगलवार ०५:२४

पाँच दलीय गठबन्धनबीच कर्णालीका दुई जिल्लामा भागबण्डा नहुने भएको छ । गठबन्धनले कर्णालीका आठ जिल्लामा भागबण्डा मिलाए पनि सुर्खेत र रुकुम (पश्चिम)मा सहमति हुन नसकेको हो ।

सुर्खेत र रुकुम (पश्चिम) मा सहमति जुटाउन नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्का र माओवादी केन्द्रका नेता तथा अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ बीच छलफल भए पनि सहमति जुट्न नसकेको हो ।  रुकुममा माओवादी केन्द्रको प्रभाव रहेकाे जिल्ला हो भने सुर्खेतमा काँग्रेसको बढी प्रभाव रहेको छ ।

कर्णालीका अन्य आठ जिल्लामा भने सत्ता गठबन्धनबीच भागबण्डा टुंगो लागि सकेको छ । भागबण्डा टुंगो लागेका जिल्लामा माओवादी केन्द्रले प्रमुख/उपप्रमुख गरी ५१, काँग्रेसले ४७ र एकीकृत समाजवादीले २९ वटा पाएको छ ।​