दैलेख –यहि बैशाख ३० गते हुन गईरहेको स्थानीय तहको निर्वाचनका लागि नारायण नगरपालिकाको वडा नं- ११ मा नेकपा एमालेबाट टंक बहादुर विष्टले उम्मेदवारी दर्ता गरेका छन ।आफुले बटुलेका अनुभव ,जनताको चासो अनुसार मैले उम्मेदवार दिने घोषणा गरेको उनले बताए ।मेरो वडा नै सामाजिक रुपान्तरण ,सदभाव बाढेर बसेको मेरो वडामा दोस्रो पटक पनि मलाई नेतृत्व कर्ता बनाएर अझै विकास र निकासको खोजी गरिरहेका छ्न ।
विष्टले भने वडा अध्यक्षको उम्मेदवार मैले दिदा जनताको मुहारमा खुसी ,युवाको जोसजागर,बृदबृद्वाको आशा र भरोसा ,ब्यवसायीको अपेक्षा ,विद्यार्थीहरुले कुशल अभिभावक ,सबैको साथ र सहयोगले समृद्ध वडाको विकासले नगर पालिका कै एक नमुना वडा भएको हेर्न चाहाने ठूलो आकाक्षा जनताको दबाब र मेरो सामाजिक सेवा सधै नथाकी लाग्ने निरन्तरता दिने भएकाले वडाकै प्रतिनिधित्व गरेर अगाडि बड्ने चाहाना लाई वडावासिको माग अनुसार दवाबले मलाई वडा अध्यक्ष उम्मेदवार दिन सहज भएको बताए ।उनले भने गर्ने केही महत्वपुर्ण कामहरु बारे जानकारी गराउँदै विजयी बनाउन अपिल गरेका छन् ।
उनले नारायण नगरपालिका वडा नं-११ लाई नमुना बनाउनका लागि आर्थिक, शैक्षिक, भौतिक पुर्वाधार, स्वास्थ्य, खानेपानी ,बिधुत,शिक्षा, पर्यटन र सरसफाईको क्षेत्रमा विशेष ध्यान दिएर योजनाहरु बनाउने बताए।यस्तै सदस्यहरुमा , दिपक बहादुर शाही ,मान बहादुर बडुवाल महिला सदस्य मनसरा अधिकारी र दलित महिला सदस्यमा मिना तिरुवाको उम्मेदवारी दर्ता भएको छ।