दैलेख । नेकपा एमालेबाट वडा अध्यक्षको उम्मेदवारी बनेका टंक बहादुर बिष्टले आफनो वडामा एमाले विजयी हुने दाबी गरेका छन् ।शनिबार आयोजित नारायाण नगरपालिका वडा नं-११ विन्ध्यावासिनीमा आयोजना गरिएको कार्यक्रममा उनले नारायण नगरपालिका वडानं -११का सचेत नागरिकले एमालेलाई जिताउने जिकिर गरे ।
उनले भने जनताको आवश्यकताअनुसार उम्मेदवार दिएको हो, मेरो वडा नै सामाजिक रुपान्तरण ,सदभाव बाढेर बसेको मेरो वडामा दोस्रो पटक पनि मलाई नेतृत्व कर्ता बनाएर अझै विकास र निकासको खोजी गरिरहेका छ्न ।
बिष्टले भने वडा अध्यक्षको उम्मेदवार मैले दिदा जनताको मुहारमा खुसी ,युवाको जोसजागर,बृदबृद्वाको आशा र भरोसा ,ब्यवसायीको अपेक्षा ,विद्यार्थीहरुले कुशल अभिभावक ,सबैको साथ र सहयोगले समृद्ध वडाको विकासले नगर पालिका कै एक नमुना वडा भएको हेर्न चाहाने ठूलो आकाक्षा जनताको दबाब र मेरो सामाजिक सेवा सधै नथाकी लाग्ने निरन्तरता दिने भएकाले वडाकै प्रतिनिधित्व गरेर अगाडि बड्ने चाहाना लाई वडावासिको माग अनुसार दवाबले मलाई वडा अध्यक्ष उम्मेदवार दिन सहज भएको बताए ।उनले भने गर्ने केही महत्वपुर्ण कामहरु बारे जानकारी गराउँदै विजयी बनाउन अपिल गरेका छन् ।