| १८ बैशाख २०७९, आईतवार ०५:१२
काठमाडौं । हुम्लाका ४४ मध्ये चारवटा वडामा वडा अध्यक्ष र एक जना सदस्य निर्विरोध निर्वाचित भएका छन् ।प्रतिस्पर्धी उम्मेदवारले उम्मेदवारी फिर्ता लिएपछि पाँचै जना निर्विरोध भएका हुन् । निर्विरोध हुनेमा सिमकोट गाउँपालिका–१ का वडा अध्यक्ष गोर्ख लामा, ४ का प्रताप लामा, नाम्खा गाउँपालिका– ६ का वडा अध्यक्ष पाल्जोर तामाङ र खार्पुनाथ गाउँपालिका–४ का वडा अध्यक्षमा रंगमती शाही रहेको निर्वाचन कार्यालय हुम्लाले जनाएको छ ।
त्यसैगरी, खार्पुनाथ गाउँपालिका–४ की दलित महिला सदस्य दन्ता कामी पनि निर्विरोध भएकी छन् । निर्विरोध हुनेमध्ये तीन जना नेपाली कांग्रेसका उम्मेदवार हुन् भने नाम्खा–६ का तामाङ स्वतन्त्र उम्मेदवार हुन् । त्यसैगरी, महिला सदस्य कामी पनि नेपाली काँग्रेसकी उम्मेदवार हुुन् ।