| १८ बैशाख २०७९, आईतवार ०५:४६
सल्यान — गोठको झ्यालबाट लडेर जिल्लामा एक जना महिलाको मृत्यु भएको छ । छत्रेस्वरी गाउँपालिका-३ की ५५ वर्षीया चुडा घर्तीको गोठको झ्यालबाट लडेर शनिबार बिहान मृत्यु भएको हो ।
शुक्रबार राति ९ बजेतिर खाना खाएर सुतेकी घर्ती शनिबार बिहानै उठेर बाख्रा बाँध्न गएको समयमा झ्यालबाट लडेकी जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताए । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी खड्काले जानकारी दिए ।