सुर्खेत । यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरेर नेकपा एमाले प्रवेश गर्नेहरु दिनप्रतिदन बढिरहेको छ।
आइतबार नेकपा एमाले पञ्चपुरीे नगरपालिकाको कार्यक्रममा नेकपा एस पाटीबाट पञ्चपुरी नगरपालिका वडा नं। ४ को अध्यक्ष पदका उम्मेदवार दिलिप कंडेलले एक प्रेस विज्ञप्ति प्रकाशित गर्दै आफू नेकपा एसको साधारण सदस्य समेत नरहने गरी पाटी परित्याग गर्दै नेकपा एमालेमा प्रवेश गरेका छन् ।
उहाँलाइ नेकपा एमालेका केन्द्रीय सदस्य तथा सुर्खेत जिल्ला इन्चार्ज नवराज रावतले एक कार्यक्रमका बीच पाटीमा स्वागत गर्नुभयो । वडा अध्यक्ष पदका उम्मेदवार कंडेलले आफू नेकपा एमाले प्रवेश सँगै आफ्नो वडा अध्यक्षका उम्मेदवार स्वतः निष्कृय भएको बताए ।
नेकपा एस ठिक हो भन्ने भ्रम भएकोमा पश्च्याताप लागेको बताउँदै नेता कंडेलले अन्य साथीहरुलाईसमेत आफ्नो पुरानो घर नेकपा एमालेमा फर्कन आह्वान गरेका छन् ।