नेपाल सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आईजिपी)मा धिरजप्रताप सिंहलाई नियुक्ती गर्ने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सिंहलाई नियुक्त गर्ने निर्णय गरेको हो।
नेपाल प्रहरीका नयाँ आईजिपी सिंह
सिंह २०४९ चैत २८ मा प्रहरी निरीक्षकबाट नेपाल प्रहरी प्रवेश गरेका हुन्। उनी डीएसपी, एसपी बढुवामा आफ्नो ब्याचका ‘टपर’ हुन्। कर्णाली प्रदेशको दैलेख जिल्लामा २०२४ कात्तिक २० गते जन्मिएका सिंह नेपालगंज धम्बोजीका स्थायी बासिन्दा हुन्।
सिंह गोरखा र दोलखामा डीएसपी, नुवाकोट र दाङमा एसपी, पर्सामा एसएसपी, बागमती प्रदेश कार्यालय अपराध महाशाखामा डीआइजी र एआइजीका रुपमा काम गरिसकेका छन्। उनले कानुनमा स्नातक र मानविकीमा स्नातकोत्तर गरेका छन्। विभिन्न ३ वटा पदकबाट विभूषित छन्।सिंह संगठनभित्र व्यवसायीक र प्रहरी अनुसन्धानमा दख्खल भएका अधिकृतका रुपमा चिनिन्छन्।