☰ open Loading... 24 November 2024|  

दैलेखमा २१७ जनाले उम्मेदवारी फिर्ता लिए
  | १९ बैशाख २०७९, सोमबार ०५:०७

दैलेख । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि विभिन्न पदमा उम्मेदवारी दर्ता गराएका दैलेखका २ सय १७ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । जिल्लाका ११ वटै स्थानीय तहबाट २ सय १७ जनाले उम्मेदवारी फिर्ता लिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

निर्वाचनका लागि दैलेखमा १ हजार ९ सय ८३ जनाले उम्मेदवारी दर्ता गराएका थिए । ११ स्थानीय तह रहेको जिल्लामा मेयर÷अध्यक्षका लागि ७७ जना र उपमेयर÷उपाध्यक्षका लागि ६५ जनाको उम्मेदवारी परेको थियो ।

यस्तै वडाध्यक्षमा ४ सय ७४, खुला, महिला र दलित महिला सदस्यका लागि क्रमशः ७ सय २१, ३ सय ३८ र ३ सय ८ जनाले उम्मेदवारी दर्ता गरेका छन् । जिल्ला निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार उम्मेदवारी फिर्तापछि एक हजार ७ सय ६६ जनाको उम्मेदवारी कायम भएको छ ।

११ स्थानीय तह रहेको जिल्लामा मेयर÷अध्यक्षका लागि ६३ जनाको उम्मेदवारी कायम भएको छ । ७७ जनाको उम्मेदवारी परेकामो १४ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । यस्तै र उपमेय÷उपाध्यक्षका लागि ६६ जनाको उम्मेदवारी कायम भएको छ । ६५ जनाले उम्मेदवारी दिएकोमा १० जनाले फिर्ता लिएका हुन् ।

त्यसैगरी उम्मेदवारी फिर्तापछि वडाध्यक्षमा ३ सय ८२, खुला, महिला र दलित महिला सदस्यका लागि क्रमशः ६ सय ६१, ३ सय १५ र २ सय ९० जनाले उम्मेदवारी कायम भएको छ ।