| २० बैशाख २०७९, मंगलवार ०५:४५
नेकपा एकीकृत समाजवादीका सल्यान उपाध्यक्ष रामबहादुर खड्गी र दैलेख जिल्ला कमिटीका उपसचिव अमृता लामिछाने मगर नेकपा एमालेमा प्रवेश गरेका छन् । नेकपा एकीकृत समाजवादी दक्षिणपन्थी भएको र कम्युनिष्ट आन्दोलन कमजोर भएको भन्दै उनी एमालेमै फर्किएका हुन् ।
स्थानीय तहको चुनाव नजिकिँदै गर्दा उनीहरूले एकीकृत समाजवादी छाडेर एमाले रोजेका हुन् । जिल्ला उपाध्यक्ष खड्गी, अनेरास्ववियू जिल्ला अध्यक्ष निरज सिंहसहित १२ जनाले साधारण सदस्यसमेत नरहने गरी पार्टी त्याग गरेका छन् ।
पार्टी त्याग गर्नेमा उपाध्यक्ष रामकुमार खड्गी अनेरास्ववियू जिल्ला अध्यक्ष नीरज सिंह मात्र नभइ जिल्ला सदस्य इन्ताज मिया, रामकुमार चनारा, विश्वनाथ सिंह, मोहन सारु, नरबहादुर विक, मगबुल मियाँ, नारायणी सिंह, मीना सिंह, कमानसिं बुढाथोकी र नरेन्द्र रेउलेसहित रहेका छन् ।