| २२ बैशाख २०७९, बिहीबार ०५:४६
जुम्ला : जुम्लामा सुख्खा पहिरो खस्दा दुई जना बालकको मृत्यु भएको छ । जिल्लाको तिला गाउँपालिकामा घरको जग लगाउँदै गरेको समयमा एक्कासी भीरबाट खसेको सुख्खा पहिरोमा पुरिएर ३ वर्षीय बालक शिशीर बोहोरा र हिमीश रावतलको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जुम्लाका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दका अनुसार तिला गाउँपालिका–२ डुन्डेलीमा रणबहादुर बोहोराको घरको जग खन्दै गरेको अवस्थामा सुख्खा पहिरो खस्दा बालकहरुको मृत्यु भएको छ ।
दुवै जना बालक घरको जग खनिरहेको स्थान नजिकै खेली रहेको अवस्थामा पहिरो खसेको उनको भनाइ छ । मृतक बालक शिशिर रणबहादुरका छोरा हुन् भने अर्का बालक हिमीश बोहोराका नातेदारको छोरा हुन् । पहिरोमा परेर रणबहादुर बोहोराकी पत्नी लक्ष्मी बोहोरा घाइते भएकी छन् ।