| २३ बैशाख २०७९, शुक्रबार ०५:१३
सुर्खेतः कर्णाली प्रदेशसभाको नवौँ अधिवेशन अन्त्य गरिएको छ । प्रदेश प्रमुख तिलक परियारले आज अधिवेशन अन्त्य गरेका हुन् ।
मुख्यमन्त्री जीवनबहादुर शाहीको अध्यक्षतामा बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख परियारसमक्ष सिफारिस गरेको थियो ।
मन्त्रिपरिषद् बैठकको निर्णयलाई उनले नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम आज राति १२ः०० बजेबाट प्रदेशसभाको नवौँ अधिवेशन अन्त्य गरेका प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।