| ३ जेष्ठ २०७९, मंगलवार ०९:०८
दैलेखको नारायण नगरपालिकाको प्रमुखमा नेकपा एमालेका लोमन शर्मा (काफ्ले) बिजयी हुनुभएको छ । काफ्ले ५ हजार ४ सय ३६ मत प्राप्त गर्दै नगर प्रमुखमा बिजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका निर्मला खड्का (थापा) ले ५ हजार ३ सय ५७ मत प्राप्त गर्नुभयो ।
यस्तै नारायण नगपालीकाको उप प्रमुखमा नेकपा एमालेका तप्ता कुमारी थापा बिजयी हुनुभएको छ थापाले ५ हजार ६ सय ७३ मत प्राप्त गर्दै नारायण नगरपालिकाको उप प्रमुखमा बिजयी हुदा उहाँका प्रत्यासी नेकपा एकिकृत समाजवादीका सावित्री मल्लले ३ हजार ८ सय ३८ मत प्राप्त गर्नुभएको छ । मल्ल २०७४ सालको स्थानिय तह निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित निवर्तमान नगर उप प्रमुख हुनुहुन्छ ।