दैलेख : २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा नेकपा एमाले बाट नारायण नगरपालिका–१ को वडा अध्यक्षमा निर्वाचित तीर्थनारायण श्रेष्ठले आफ्नो पाँच वर्षे कार्यकालका १ हजार ८सय २५ दिनमा गरेका कामको पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेका छन । बुधवार आयोजना गरिएको पत्रकार सम्मेलनमा आधा घण्टा लगाएर आफुले गरेका कामको फेरिस्त सुनाउदै उनले निर्वाचनको बेला जनताका बिचमा गरिएको २७ बुदे प्रतिबद्धता पुर्ण रुपमा कार्यन्वयन गरेको दावी गरेका छन ।
नारायण नगर सरकार बाट वडामा प्राप्त भएको बजेट र अन्य सहयोगी नियकाको सहयोगमा धेरै कामहरु गरेको बताउँदै काम गर्न खुट्टा तान्ने प्रबृतिका कारण केही काम गर्न नसकिएको बताए । उनले भने राम्रो गरौँ भन्दा पनि कसरी भत्काउन सकिन्छ भन्ने मानसिकता भएका कारण केही काम गर्दा किठनाई भएको बताए । उनले नगरपालिकाका नगर प्रमुख रत्न बहादुर खड्काले आफुलाई विश्वास गरि दिएको जिम्मेवारी समेत कुशलता पुर्बक सम्पन्न गरेको बताए ।
पत्रकार सम्मेलन बोल्दै उनले वडामा विभिन्न गौरवका योजना निर्माणको चरणमा छन ती योजना निर्माण नभए सम्म त्यसको अनुगमन गर्ने बताए । उनले भने निर्वाचत वडा अध्यक्षलेले सहयोग र समन्वय गरेको खण्डमा उहाँको कार्याकाल समेत सफल पार्ने बताए । उनले आफ्नो कार्यकालमा कोरोना महामारीको समयमा जनतलाई सेवा गर्न पाउँदा आफु खुसी भएको बताए ।