☰ open Loading... 26 December 2024|  

कोहलपुर नगरपालिकाको प्रमुख र उपप्रमुखमा कांग्रेस विजयी
  | ८ जेष्ठ २०७९, आईतवार १९:१०

स्थानीय तह निर्वाचनअन्तर्गत कोहलपुर नगरपालिकामा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका हुन । काँग्रेसबाट उम्मेदवार बन्नुभएका युवा नेता पूर्ण आचार्यले १४ हजार १३४ मत प्राप्त गरी नगर प्रमुखमा विजयी भएका हुन् ।

उपप्रमुखमा पनि काँग्रेसकै सङ्गीता सुवेदी विजयी हुनुभएको निर्वाचन अधिकृत तीर्थराज भट्टले जानकारी दिए । उनका अनुसार, प्रमुखमा आचार्यका निकटतम प्रतिद्वन्द्वी नेकपा एमाले का खिलप्रसाद भुसालले १२ हजार २८५ मत प्राप्त गर्नुभयो भने माओवादी केन्द्र र नेकपा ९एकीकृत समाजवादी०को तर्फबाट नगर प्रमुखको उम्मेदवार बनेका माओवादी केन्द्रका उम्मेदवार नरेन्द्र न्यौपानेले नौ हजार ७२५ मत प्राप्त गरे ।