काठमाडौं । बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनअन्तर्गत उपमहारपालिकातर्फको सम्पूर्ण मतपरिणाम प्राप्त भएको छ ।सबैभन्दा अन्तिममा घोषणा भएको दाङको तुलसीपुर उपमहानगरपालिका प्रमुख र उपप्रमुखमा नेकपा एमाले विजयी भएको छ । प्रमुखमा टीकाराम खड्का उपप्रमुखमा एमालेकै स्यानी चौधरी सत्ता गठबन्धनका साझा उम्मेदवारलाई पराजित गर्दै विजयी हुनुभयो ।
२०७४ को स्थानीय तह निर्वाचनमा एमालेको एक नम्बर ताजलाई सत्ता गठबन्धनले खलबल्याए पनि गठबन्धनमा धेरै भाग पाएको काँग्रेसले नतिजामा भने सुधार गर्न सकेन ।
कांग्रेसले एकअघि जितेका दुई उपमहानगरपालिका गुमाएको छ । सत्ता गठबन्धनका बीच स्वतन्त्र उम्मेदवार हाबी हुँदा कांग्रेसले कैलालीको धनगढी उपमहानगरपालिका र सुनसरीको धरान उपमहानगरपालिका गुमाउन बाध्य भएको हो ।
स्थानीय निर्वाचनबाट नेपाली कांग्रेस इटहरी, बुटवल र नेपालगञ्जको प्रमुख पदमा विजयी भएको हो । साथसाथै उपप्रमुखमा कांग्रेस जनकपुरधाम र हेटांैडामा मात्रै विजयी भएको छ ।
अघिल्लो स्थानीय निर्वाचनमा बलियो अवस्थामा रहेको एमालेले गठबन्धनका बीच पनि ३ उपमहानगर जितेको छ । एमालेले इटहरी, कलैया, जितपुर सिमरा, बुटवल तुल्सीपर, घोराही र धनगढीमा समेत उपमेयर जितेको छ । यद्यपि अघिल्लो निर्वाचनको तुलनामा भने एमालेको नतिजा उपमहानगरमा जित संख्या घटेको छ ।०७४ मा एमालेले ७ उपमहानगर जितेको थियो । एकीकृत समाजवादी पार्टी हेटौंडा उपमहानगरमा मेयरको खाता खोल्न सफल भएको छ ।