☰ open Loading... 16 November 2024|  

एकल बुहमत नुहँदा जिल्ला समन्वय गठनमा पनि गठबन्धन
  | १२ जेष्ठ २०७९, बिहीबार ०५:३६

दैलेख  :  वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको मतपरिणाम सार्बजनिक भए संगै जिल्ला समन्वय समिति गठनका लागि कुनै पनि पार्टीको एकल बहुमत नपुग्ने भएको छ । ११ स्थानीय तहमा रहेको दैलेखमा दुई नगरपालिका प्रमुख÷उप प्रमुख,दुई गाउँपालिका अध्यक्ष÷उपाध्यक्ष र एक नगरपालिका उप प्रमुख र एक गाउँपालिका उपाध्यक्ष जित्दै २२ प्रमुख पद मध्ये नेकपा एमालेले दश पदमा बिजयी भएको छ ।
नेपाली काँग्रेसले एक नगरपालिका प्रमुख/उप प्रमुख ,दुई गाउँपालिका प्रमुख उप प्रमुख,एक गाउँपालिका अध्यक्ष र एक गाउँपालिका उपाध्यक्षमा बिजयी हुदै नौ पदमा बिजयी भएको छ । माआबादी केन्द्रले दुई गाउँपालिका उपाध्यक्ष र एकिकृत समाजबादी पार्टीले एक पालिका उपाध्यक्षमा बिजयी भएको छ ।
नेपाली काँग्रेसले पाँच स्थानीय तहमा ९ पालिका प्रमुख–उपप्रमुख र नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले १० वटा प्रमुख–उपप्रमुख जितको भएपनि दुबै दलले जिल्ला समन्वय समिति गठन गर्न बहुमत नपुग्ने भएपछि जिल्ला समन्वय समितिको नेतृत्वका लागि दैलेखमा नेकपा माओवादी (केन्द्र) निर्णायक भूमिकामा देखिएको छ । जिल्ला समन्वय समितिका लागि एमाले र काँग्रेसको प्रस्ट बहुमत नदेखिएकाले माओवादी केन्द्रले कसरी र कस्लाई समर्थन गर्छ भन्ने विषय प्रमुख देखिएको छ । पाँच दलिय गठबन्धनको निर्णय बिपरित एकिकृत समाजबादी पार्टी संग छुटै गठबन्धन गरेर निर्वाचन जितेको माओबादीले नेपाली काँग्रेस संग सहकार्य नगर्ने सम्भावना बढ्दै गएको छ ।

नेकपा माओवादी केन्द्र दैलेखका संयोजक प्रेम कटुवालले जिल्ला समन्वय समिति दैलेखको नेतृत्वका लागि सकेसम्म गठबन्धनका दलहरूबिच सहमति गरेर टुंग्याने विषयमा आफूहरू तयार रहेको बताए । उनले काँग्रेसले माओवादीले प्रमुख जितेका स्थानमा सहयोग गर्ने वातावरण तयार गरे पछि समन्वयमा नेतृत्व टुङ्ग्याउन सहज हुने बताए । भगवतिमाई र नौमुलेमा काँग्रेसले हामीलाई सरकार सञ्चालनका लागि सहयोग गरेकाो खण्डमा जिल्ला समन्वयको नेतृत्व गठबन्धनबाटै टुङ्गिन सक्छ ।

एकिकृत समाजबादी पार्टीका नेता जंग बहादुर शाहीले जिल्ला समन्वयमा नेपाली काँग्रेस संग गठबन्धन हुने सम्भावना कम भएको बताए । उनले काँग्रेसले स्थानीय तहको निर्वाचनमा पाँच दलिय गठबन्धनको निर्णय बिपरित उम्मेदवारी दर्ता गरेको बताउँदै नेकपा एमाले संग सहकार्य गरेर अगाडी बढ्ने सम्भवना रहेको बताए ।

नेपाली काँग्रेस दैलेखका सभापति मणिराम रेग्मीले गठबन्धनका दलहरू बिच जिल्ला समन्वय समितिको नेतृत्व वाडफाड हुने बताए । उनले माओवादीले प्रमुख जितेका पालिकाहरूमा स्थानीय सरकार सञ्चालनका लागि कार्यपालिकामा काँग्रेसले सहयोग गर्ने कुराको वार्ता भइरहेको बताउँदै सभापति रेग्मीले भने माओवादी केन्द्रलाई जिल्ला समन्वय समितिको उपप्रमुख दिएर जान सकिने सम्भावना रहेको छ ।

एमाले दैलेखका उपाध्यक्ष प्रेमबहादुर बुढाले समन्वयको नेतृत्वका लागि अहिलेसम्म कसैसँग कुनै छलफल नभएको बताउँदै समन्वय प्रमुख वा उप प्रमुख दिएर जान सकिने कुरामा एमाले तयार रहेको बताए । अघिल्लो स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले एक्लै बहुमत प¥याएर जिल्ला समन्वय गठन गरेको थियो ।