| १२ जेष्ठ २०७९, बिहीबार १९:४०
दैलेख । पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धिको विरोधमा राष्ट्रिय युवा संघ दैलेख र अनेरास्ववियुले दैलेखले आज दैलेख सदरमुकाममा प्रदर्शन गरेको छ। देशमा सरकारले खाना पकाउने ग्याँससहित पेट्रोलियम पदार्थको मूल्य बढाउन थालेको भन्दै राष्ट्रिय युवा संघ दैलेख रअनेरास्ववियुले दैलेखले विरोध गरेको हो ।
पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि घटाउन उनीहरूले माग गरेका छन् । प्रदर्शनमा देखिएका केही तस्बिर: