☰ open Loading... 17 November 2024|  

पावर ट्रान्सफर्मरको ट्याप चेन्चर बिग्रिँदा बिद्युत आपूर्तिमा समस्या
  | २० जेष्ठ २०७९, शुक्रबार १९:२१

दैलेख  :  पावर ट्रान्सफर्मरको ट्याप चेन्चर बिग्रिँदा बिद्युत आपूर्तिमा समस्या भएको छ । द्धारी हाइड्रो र पदम खोला हाइड्रोपावरबाट उत्पादन भएको बिजुली पावर ट्रान्सफर्मर बिग्रँदा सिधै नेशलन ग्रिडमा जान थालेपछि दैलेखमा पुन विद्युत् आपूर्तिमा समस्या भएको हो । नौमुले गाउँपालिका –३ द्धारीमा निर्माण भएको द्धारी खोला ३.७५ मेगावाट हाइड्रोपावर र गाउँपालिका –४ मा निर्माण भएको पदम खोला ४.५ मेगावाट हाइड्रोपावरले ग्रिड लाइनमा बत्ती नआएको बेलामा आईसुलेशन मोडबाट बिद्युत् उत्पादन गरेर जिल्ला सदरमुकाम दैलेखमा खपत गर्ने गरेको भए पनि पावर ट्रान्सफर्मरको ट्याप चेन्चर बिग्रिए सँगै दैलेखमा विद्युत् आपूर्तिको समस्या भएको नेपाल बिद्युत प्राधिकरण बिद्युत वितरण केन्द्र दैलेखले जानकारी दिएको छ ।

नेपाल विद्युत् प्राधिकरण दैलेख वितरण केन्द्र दैलेखका प्रमुख गौरव पाण्डेले कोहलपुर सुर्खेत लाइन अवरुद्ध हुँदा दैलेखमा समेत बत्ती जाने समस्या समाधान गर्न दुई वटा हाइड्रो बाट उत्पादन भएको बिद्युत्लाई कम्पनीले गरेको पावर प्रचेच एग्रिमेन्टमा अनुसार आपतकालिन अवस्थामा आईसुलेसन(अफग्रिड) मोडमा बिद्युत् उत्पादन गरेर जिल्लालाई प्रदान गर्नुपर्ने प्रावधान बमोजिम विद्युत् आपूर्ति हुने गरेको भए पनि पावर ट्रान्सफर्मरको ट्याप चेन्चर बिग्रिए पछि अहिले विद्युत् आपूर्तिमा समस्या भएको बताए ।

उनले भने कोहलपुर सुर्खेत प्रसारण लाइनमा बत्तीको समस्या भएर नेशनल ग्रिडमा लामो समय बत्ती नआउने खबर पाउने बित्तिकै हामीले कम्पनीलाई खबर गरेर आइसोलेसन मोडमा बिद्युत उत्पादन गर्न भन्ने गरेका थियौँ  र दैलेखमा बिद्युतको आपूर्ति समस्या सहज भएको थियो उहाँले भन्नुभयो हामीले सम्बन्धी हाइड्रो पावरको कम्पनीलाई ताकेता गरेका छौ उहाँहरूले पनि काम हुदैछ भन्नुभएको छ ।

पदम खोला हाइड्रो पावरका पावर हावस इन्चार्ज वसन्त जिसीले पावर ट्रान्सफर्मरको ट्याप चेन्चर बिग्रँदा बिद्युत आपूर्तिमा समस्या भएको र त्यसका लागि भारत बाट सामान मगाएको बताए । उनले भारत बाट सामान हिँडेको र नेपाल आउन केही दिन लाग्ने बताए ।

नौमुलेमा दुई हाइड्रो निर्माण भइसकेको र अपर खोला हाइड्रो निर्माणाधीन र तल्लो लोहोरे हाइड्रोको सर्भेको काम सुरु भएको छ ।