| २१ जेष्ठ २०७९, शनिबार १९:१२
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले चार नगरपालिका र ११ गाउँपालिकालाई सो कार्यक्रमका लागि छनोट गरेको हो ।
मन्त्रालयले उक्त कार्यक्रमका लागि सहभागी हुन इच्छुक स्थानीय तहलाई २०७८ चैत २७ मा पहिलो पटक आशय पेश गर्न आह्वान गरिएकोमा ५७ स्थानीय तहले आवेदन दिएका थिए ।
छानिनेमा कालीकोटका तिन, जाजरकोटका दुई, मुगुका दुई, सुर्खेतका दुई, हुम्लाका दुई, डोल्पा, जुम्ला, दैलेख र सल्यानका एक/एक स्थानीय तह रहेका छन् ।
सामान्य प्रशासन मन्त्रालयका अनुसार बेलायत सरकारको आर्थिक सहयोगमा विश्व खाद्य कार्यक्रम र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमको सहयोगमा उक्त कार्यक्रम सञ्चालन हुनेछ ।
उक्त कार्यक्रम कर्णाली प्रदेशमा सन् २०२३ जुलाईसम्म सञ्चालन हुने र त्यसबाट पूर्वाधार विकास, जलवायु परिर्वतन, फोहरमैला व्यवस्थापन लगायतको क्षेत्रमा काम गरिने बताइएको छ।