☰ open Loading... 26 December 2024|  

नेकपा (क्रान्तिकारी माओवादी) आवद्ध क्रान्तिकारी युवा लिग नेपाल कर्णालि प्रदेशको आयोजनामा पुनर्मिलन कार्यक्रम सम्पन्न
  | २२ जेष्ठ २०७९, आईतवार ०६:४०

सुर्खेत-नेकपा ( क्रान्तिकारी माओवादी) को भातृ संगठन क्रान्तिकारी युवन लिग नेपालको कर्णालि प्रदेश समितिको प्रथम भेला उद्घाटन र बन्द सर्त कार्यक्रम सम्पन्न भएको छ।
संसास भरिका विभित्र परिवर्तनका आन्दोलनहरुमा सहादत गर्ने ज्ञात अज्ञात वीर सहीदहरु प्रति १ मिनेट मैन धारण गरि सुरु भएको क्रान्तिकारी युवा लिग नेपालको प्रथम प्रदेश भेलाबाट १५ सदस्यीय युवा लिग गठन गरेको छ, भेलाले कमरेड विकल्प अध्यक्ष, कमरेड हिक्मत उपाध्यक्ष, कमरेड तेजबहादुर थापा सचिव, कमला सिंह सह-सचिव र मिरा कार्कि कोषाध्यक्ष, समेत सर्वसम्मत चयन गरेको छ।
उक्त भेलाको प्रमुख अतिथि क्रान्तिकारी युवा लिगका केन्द्रीय महासचिव कमरेड भुकम्पले विश्व भरिका परिवर्तनहरुमा ठुला ठुला विरता, र वलिदानिले मात्र सम्भव भएका हुन। नेपालमा पनि नेपाली राजनितीक परिवर्तनहरुमा महत्वपूर्ण र भुमिका खेलेका छन् जसका कारणले मात्र परिवर्तन भएको हो, अब हुने परिवर्तनका लागि पनि हामिले आवश्यकता अनुसार कोटा चुक्ता गर्न उत-प्रेरित गर्नु भएको छ।
विषेश अतिथि नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश सेक्रेटरी कमरेड प्रकाशउर्जाले अब हुने सम्पूर्ण क्रान्ति र परिवर्तनका लागि हा्म्रो नीति विचार र उदेश्य प्रप्तिका लागि मालेमावादी तीन जादूगरि हतियार मध्यको जुझारु दस्ताले फेरि सान लगाउने वेला आएको छ र प्रतिक्रियावादी दलाल संसदिय व्यवस्था खोक्रो र उदाङ्गीएको छ, यो जनतनको व्यवस्था हैन भन्ने कुरा दिनको घाम जत्तिकै छर्लंग भै सकेको छ, यो पुजीवादी दलिय व्यवस्था निरंकुशता तिर गएको छ, यस व्यवस्थाको मुख्य अङ्गको वनध्या करण गरि सके यो व्यक्तिगत स्वर्थका लागि मात्र कंग्रेस, मा के, माकुने, वावुरामहरुको स्वर्थ पुरागर्ने व्यवस्थाको रुपमा परिवर्तन भैंसकेको छ,यस व्यवस्थाको समुल नष्ट गरि जनवादि गणतन्त्र हुँदै वैज्ञानिक समाजवादमा जनु आजको अपरिहार्य वनेको छ भन्नू भयो र नव निर्वाचित टिमलाई बधाई तथा शुभकामना दिनु भयो। अतथिहरुमा कमरेड पार्टी केन्द्रीय सदस्य तथा सुर्खेत ईन्चार्ज कमरेड प्रकश र पार्टीका केन्द्रीय सल्लाहाकार तथा सुर्खेत जिल्ला सचिव कमरेड एस वि, र अखिल (क्रान्तिकारी ) का केन्द्रीय सदस्य कमरेड हिमाल रसालिको पनि आतिथ्यता थियो कार्यक्रमको अध्यक्षता कमरेड विप्लव तथा संचालन कमरेड विकल्पले गर्नु भएको थियो।