☰ open Loading... 29 March 2024|  

बिपद व्यवस्थापनको संयुक्त रुपमा पुर्वअभ्यास
  | २९ जेष्ठ २०७९, आईतवार २०:१३

 

दैलेख  : वर्षेनी आउने विपद्का कारण हुने जनधनको क्षति रोक्न दैलेखमा जिल्ला विपद् व्यवस्थापन समितिले लागि पूर्व अभ्यास शुरु गरेको छ । जिल्ला प्रसासन कार्यालय दैलेखकोआयोजनामा चुप्रा बजार नजिकै रहेको लोहेरे खोलामा गरिएको कार्यक्रममा सम्भावित क्षति रोक्न समितिले पूर्व तयारी शुरु गरेको हो ।

No description available.

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले संयुक्तरुपमा गरिएको अभ्यासमा बाढी तथा डुवानबाट हुने जोखिम न्युनिकरणका लागि दैलेखमा पूर्व तयारीका लागि अभ्यासको आयोजना गरिएको दैलेखका निमित्त प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताए ।

No description available.

उनले यस वर्ष अघिल्लो वर्षको तुलनामा विपद्का घटनामा वृद्धि हुने सम्भावना रहेको जानकारी प्राप्त भएकाले विपद् व्यवस्थापनका लागि पूर्णरुपमा तयारी गरिएको जानकारी दिए । पूर्व तयारी, उद्धार, पुनर्स्थपना तथा राहतका काममा आफ्नो संयन्त्रलाई तयारी गरिएको समेत उनले बताए ।

No description available.

अभ्यासमा घाइतेहरुको उद्धार, बाढीमा फसेकाहरुको उद्धार तथा प्राथमिक उपचारको बारेमा जानकारी समेत दिइएको  थियो । मनसुनमा आइपर्ने बाढी, पहिरो तथा डुबानलगायतका विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहेको तीनवटै सुरक्षा निकायले बताएका छन् । कार्यक्रममा नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, जनप्रतिनिधि, कर्मचारी तथा सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।