☰ open Loading... 3 December 2024|  

जिप दुर्घटनामा दुई जनाको मृत्यु
  | २८ जेष्ठ २०७९, शनिबार ०५:१३

जाजरकोटः जाजरकोटको जुनीचाँदे गाउँपालिका–५ गर्खाकोटमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । अन्य नौ यात्रु घाइते भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको छ भने चार जनाको अवस्था समान्य रहेको वडा नं २ का वडाध्यक्ष रामबहादुर नेपालीले जानकारी दिए ।

 

सुर्खेतबाट जुनीचाँदे केन्द्रतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१च०३४१ नंको जिप वडा नं ५ को गर्खाकोट (वेलपुइना) भन्ने स्थानमा दुर्घटनामा परेको हो । जिपमा ११ जना सवार रहेका थिए ।

 

घाइतेहरूको अवस्था गम्भीर रहेकाले हेलिकोप्टरको व्यवस्था गरिदिन जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरिएको प्रवक्ता नेपालीले बताए । प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले उद्धारका लागि गाडी पठाइसकिएको र आधा घण्टापछि हेलिकोप्टरसमेत घटनास्थलमा पुग्ने बताए ।