☰ open Loading... 17 November 2024|  

उपचार नपाएर सुत्केरीको मृत्यु
  | ३० जेष्ठ २०७९, सोमबार ०५:१८

रोल्पा। रोल्पामा उपचार नपाएर एक सुत्केरी महिलाको मृत्यु भएको छ । रोल्पा नगरपालिका–१० धबाङ गाउँकी करिब ३० वर्षीया महिलाको दुई साताअघि मृत्यु भएको हो । उनले घरैमा जुम्ल्याहा बच्चा जन्माएकी थिइन् । उनको एउटा बच्चाको पनि मृत्यु भएको छ ।

 

उनलाई गर्भवती भएका बेला उच्च रक्तचापको समस्या देखिएको थियो । पेटमा जुम्ल्याहा बच्चा भएकाले अप्रेसन गर्न कठिनाई हुने भएपछि सुविधा सम्पन्न अस्पताल जान रोल्पा अस्पतालका डा. प्रकाशबहादुर बुढाका सुझाव दिएका थिए ।

 

‘थप सुविधासम्पन्न अस्पतालमा जान सल्लाह दिए पनि उनी घरमा गएको पाइयो,’ उनले भने । उनका श्रीमान् वैदेशिक रोजगारीमा छन् । उनी आठ वर्षकी छोरीसहित घरमा बस्दै आएकी थिइन् ।वडाध्यक्ष मतिलाल डाँगीले जटिल अवस्थाकी गर्भवतीको अवस्थाबारे स्वास्थ्य संस्थाले सोधखोज नगर्नु दुःखद भएको बताए ।