☰ open Loading... 5 February 2025|  

सैनिक पोशाक लगाएर निकुञ्जमा सिकार, बन्दुकसहित समातिए सिकारी
  | ३० जेष्ठ २०७९, सोमबार २०:११

सैनिक पोशाक लगाएर निकुञ्जमा सिकार हुने गरेको पाइएको छ। नेपाली सेनाको टोलीले बाँके राष्ट्रिय निकुञ्जबाट सेनाकै पोशाकमा एक सिकारीलाई पक्राउ गरेपछि उक्त तथ्य बाहिर आएको हो।

बाँके राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ नेपाली सेनाको अर्जुनबाण गण र निकुञ्ज प्रशासन कार्यालयका कर्मचारीसहित खटिएको संयुक्त गस्ती टोलीले सैनिक पोशाकसहित सिकारी बलबहादुर पल्लीलाई पक्राउ गरेको हो।

बाँकेको कोहलपुर नगरपाका–१३ सिम्रीका ५४ वर्षीय पल्लीले निकुञ्जस्थित बैनी मध्यवर्ती क्षेत्रमा रुखको टोड्कामा लुकाई राखेको अवस्था भरुवा बन्दुक नालसमेत सेनाले बरामद गरेको छ।

बरामद गरिएको हतियारसहित उनलाई कारबाहीका लागि बाँके राष्ट्रिय निकुञ्ज कार्यालयमा बुझाईएको सेनाले जनाएको छ।