| ३ असार २०७९, शुक्रबार ०५:२२
काठमाडाैं । सञ्चारकर्मी रवि लामिछाने आगामी संसदीय चुनावमा काठमाडौंबाट स्वतन्त्र उम्मेदवार बन्ने भएका छन् । उनले आफुले काम गर्दै आएकाे ग्यालेक्सी टेलिभिजनबाट बिदा भएका छन् ।
टिभीका अध्यक्ष जिवी राईले लामिछानेलाई खादा लगाएर औपचारिक विदाइ गरे । लामिछाने सो टिभीका संस्थापक तथा प्रस्तोता थिए । रवीले चलाउने कार्यक्रम सिधा कुरा जनतासँगको अन्तिम एपिसोड आज प्रसारण हुँदैछ ।