☰ open Loading... 20 November 2024|  

ओलीसँग गृह र कानूनमन्त्रीको भेट, नागरिकता विधेयक सदनमा अगाडि बढाउने विषयमा छलफ
  | ४ असार २०७९, शनिबार ०६:०४

ओलीसँग गृह र कानूनमन्त्रीको भेट, नागरिकता विधेयक सदनमा अगाडि बढाउने विषयमा छलफल

काठमाडौंः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग गृहमन्त्री बालकृष्ण खाँण र कानून न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) ले भेटवार्ता गरेका छन् ।

भक्तपुरको बालकोटस्थित अध्यक्ष ओलीको निवासमा भएको भेटमा नागरिकता विधेयकलाई राजनीतिक सहमतिमा अगाडि बढाउने विषयमा कुराकानी भएको गृहमन्त्रीको सचिवालेले जनाएको छ ।

 

सचिवालयका अनुसार नागरिकता विधेयक सदनमा अगाडि बढाउने र दलीय सहमतिमा पास गर्ने विषयमा सकारात्मक छलफल भएको गृहमन्त्री खाँण बताए ।

 

सरकारले दलीय सहमतिमा नागरिकता विधेयक संसद्मा पेस गरेर पास गर्ने तयारी गरिरहेको छ । गृहमन्त्री खाँणले उक्त विधेयबारे पटकपटक दलहरूसँग छलफल गर्नुभएको छ । उहाँहरूले यसअघि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग भेटवार्ता गरिसकेका छन् ।

 

नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक राज्य व्यवस्था तथा सुशासन समितिले पास गरेर प्रतिनिधिसभामा पेस भएको छ । नागरिकतामा नेपाली पुरुषसँग विवाह गरी आउने विदेश महिलालाई दिने नागरिकतालगायतमा दलहरूबीच सहमति जुट्न सकेको छैन ।