☰ open Loading... 5 February 2025|  

पूर्व विद्यार्थी एकता मञ्चले गर्यो जिल्लामा मन्त्री बन्दीलाई सम्मान
  | ७ असार २०७९, मंगलवार ०५:१८

दैलेख- कानुन, न्याय तथा संसदिय मामिला मन्त्री गोविन्द प्रसाद शर्मा कोईराला (बन्दी) लाई गृह जिल्ला दैलेखमा सम्मान गरिएको छ। उनलाई दैलेख सदरमुकाममा स्वागत र सम्मान गरिएको हो। सदरमुकाममा हिडेरै कार्यक्रम स्थल गएका थिए। आफन्त, साथीभाई तथा स्थानीयहरुले घरघरबाट उनलाई सम्मान गरेका थिए।

त्रिभुवन मावी नयाँबजारका पूर्व विद्यार्थी एकता मञ्चले जिल्ला समन्वय समितिको हलमा भब्य कार्यक्रम गरि सम्मान गरेको छ। त्रिभुवन मावीको पूर्व विद्यार्थी तथा जिल्लाबाट उच्च ओहदामा पुगेका पहिलो ब्यक्ति भएकाले स्वागत तथा सम्मान गरिएको मञ्चका अध्यक्ष अभिषेक अनुरागले बताए। सम्मान कार्यक्रममा कार्यालय प्रमुखहरु, विद्यार्थीहरु, स्थानीयबासीहरु, पूर्व विद्यार्थीहरु सहभागी थिए। त्यस्तै नारायण नगरपालिका, जिल्ला समन्वय समिति, दैलेख उद्योग बाणिज्य संघले पनि मन्त्री बन्दीलाई सम्मान गरेको थियो।