☰ open Loading... 5 February 2025|  

आयआर्जनका लागि कुखुरा वितरण
  | १३ असार २०७९, सोमबार ०५:३४

आयआर्जनका लागि कुखुरा वितरण

 

 

यामराज बिष्ट/दैलेख। दैलेखको नारायण नगरपालिकाले कृषकलाई कुखुरा वितरण गरेको छ । वडा नं. २ कुसाडामा रहेका १० जना कृषकलाई कुखुरा वितरण गरेको हो । नगरपालिकाको नवप्रवद्र्धन साझेदारी कार्यक्रम अन्तर्गत उन्नत जात हेम्सायर र अस्ट्रोलोप जातका कुखुरा वितरण गरिएको नगरपालिका पशु सेवा शाखा प्रमुख चित्र प्याकुरेलले बताए ।‘आयआर्जनका लागि कुखुरा वितरण गरेका छौं,’ उनले भने, ‘आयआर्जनका अन्य सहयोग कार्यक्रम पनि कुसाडामा सञ्चालन गर्छौं ।’

कृषकहरूको मागको आधारमा कुखुरा पालनसम्बन्धी तालिम प्रदान गरी दैलेखलाई मासु र अण्डामा आत्मनिर्भर बनाउनका लागि १० जना कृषकहरूलाई औषधिसंगै २ सय प्रतिगोटाका दरले २ हजार कुखुरा प्रदान गरिएको उनले जानकारी दिए । लाखौंमा खरिद गरेर वितरण गरिएका कुखुराबाट लाभ दिन सेवाग्राहीलाई अनुरोध गरिएको छ ।

 

यस्तै कार्यक्रममा बागेश्वरी कृषि तथा पशुपंक्षी समुहका अध्यक्ष हिक्मत कुमार थापाले आयआर्जनका लागि गाउँमा केही नहुँदा धेरै कृषकलाई कालापहाड जानुपर्ने बाध्यता रहेको बताए । दीर्घकालिन व्यवसायका रुपमा कुखुरा पालनलाई लैजानुका साथै अण्डा र मासुमा आत्मनिर्भरताका लागि कुखुरा वितरण गरिएको नगरपालिकाले जनाएको छ ।