☰ open Loading... 17 November 2024|  

पर्यटन प्रवर्द्धनका लागि फोटो प्रतियोगिता हुने
  | १८ असार २०७९, शनिबार १२:३९

 

कोभिडले थला थला परेको पर्यटन क्षेत्र तथा ओझेलमा रहेको पर्यटकीयस्थलको प्रवर्द्धन गर्न फोटो प्रतियोगिता हुने भएको छ।

नेपाल पर्यटन बोर्डको सहकार्यमा अठोट नेपालले आयोजना गर्ने प्रतियोगिताबाट कोभिडले तहसनहस पारेको नेपालको पर्यटन बजारलाई पुनर्स्थापित गर्न सहयोग पुर्‍याउने कार्यक्रमका संयोजक देवेन्द्र बहादुर शाहीले बताए।

शाहीका अनुसार फोटोको माध्यमबाट देशैभरका पर्यटकीय गन्तव्यलाई प्रवर्द्धन गर्न सहयोग पुर्‍याउनेछ।

invotech

संयोजनक शाहीले यो प्रतियोगिता सातै प्रदेशका फोटोग्राफरलाई प्रोत्साहन गर्न र उनीहरूको क्षमता उजागर गर्नका लागि गरिएको  भन्दै सम्पूर्ण फोटोग्राफरलाई  सहभागी हुन आह्वान गरे।

प्रतियोगीले चार वटा विधामा प्रतिस्पर्धा गर्न सक्नेछन्। संयोजक शाहीका अनुसार नेचर, कल्चर, लाईफ स्टाइल र वाईल्ड लाईफ विधामा सहभागी हुन पाइनेछ।

प्रत्येक विधामा विजयी हुने फोटोले नगद ५०-५० हजार पाउनेछन्। साथै चारमध्ये एक उत्कृष्ट फोटोग्राफरलाई शे-फोक्सुन्डोको फोटोग्राफी टुर प्याकेज पाउनेछन्।

nic

प्रतियोगितामा प्रत्येक प्रदेशबाट ७-७ वटा फोटो छनोट गरी जम्मा ४९ र बाँकी चार विधाबाट ४ गरेर जम्मा ५३ फोटोलाई नेपालको पर्यटन प्रवर्द्धनका लागि सात प्रदेशमा तस्बिर प्रदर्शन गरीने संयोजक शाहीले बताए।

प्रतियोगितामा सामेल हुन तथा प्रतियोगिताको सम्पूर्ण जानकारी लिनका लागि प्रिजेन्टिङ नेपालको वेभसाइटमा जान सकिनेछ।

प्रतियोगिताको विजेता आगामी भदौ तीन गते वर्ल्ड फोटोग्राफी डेका दिन घोषणा गरिनेछ।

प्रतियोगिताको निर्णायकमा बरिष्ट फोटोग्राफर जगदिश तिवारी र भरत बन्धु थापा रहेका छन्। अन्य निर्णायक केही दिनमा राखिने संयोजक शाहीले  जानकारी दिए।